arrow

सुदूरपश्चिममा तीन सय २७ दुर्घटना, एक सय १३ जनाको मृत्यु 

logo
राम धामी,
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274875239_1004072070545236_2318588172720761366_n.jpg
तस्बिर– फाइल

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८–७९ को पछिल्लो सात महिनाको अवधिमा सवारी दुर्घटनामा संलग्न सवारी साधनहरुको संख्या चार सय ४० रहेको छ । जसमध्ये प्रदेशभर तीन सय २७ सवारी दुर्घटना भएका छन् । 

चालु आर्थिक वर्षको साउन महिना देखि माघ मसान्तसम्मको अवधिमा सो संख्यामा सवारी साधन दुर्घटना भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले जानकारी दिएकोे छ । 

यसैगरी चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिमा सवारी दुर्घटनामा परी एक सय १३ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते दुई सय ४२ जना र तीन सय ६९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सात महिने अवधिमा सुदुरपश्चिम प्रदेशभर ििवभिन्न मितिमा ट्रक, ट्याङ्कर २२, टिप्पर चार, डोजर,लोडर एक,बस १५, माइक्रोबस दुई, जिप कार ७१, ट्रयाक्टर ३६, टेम्पो १८, मोटरसाइकल दुई सय ४०, साइकल, रिक्सा २४ र अन्य सात सवारी साधन गरी कुल चार सय ४० सवारी दुर्घटनामा संलग्न सवारी साधन रहेका छन् । 

ट्राफिक प्रहरीकाअनुसार सुदूरपश्चिम प्रदेशभर साउन महिनामा ४८, भदौमा २०, असोजमा ६४, कार्तिकमा ५५, मंसिरमा ७०, पुसमा २८ र माघमा ४२ सवारी दुर्घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिँहले सवारी दुर्घटना भएका सवारी साधनहरुको संख्या भने तीन सय २७ रहेको बताए । सात महिनाको अवधिमा सवारी साधन दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएको उनले जानकारी दिए । 

यस अवधिमा सवारी साधन दुर्घटनामा मृत्यु भएका मध्ये पुरुष ८६, महिला १९, बालक चार र बालिका चार छन् । यसैगरी गम्भीर घाइते हुनेको संख्या दुई सय ४२ रहेको छ । जसमा पुरुष एक सय ८३, महिला ३४, बालक १८ र बालिका सात रहेका छन् ।

त्यसैगरी साधारण घाइते हुनेको संख्या तीन सय ६९ मध्ये पुरुष दुई सय ७८,महिला ६६, बालक १३ र बालिका १२ रहेको  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले जनाएको छ । 

यसक्रममा सवारी दुर्घटनामा प्रदेश भर २७ पशुचौपायाको पनि मृत्यु भएको र सात पशुचौपाया घाइते भएका छन् । 

ट्राफिक प्रहरीले जनाएअनुसार अधिकांस सवारी दुर्घटनाको प्रमुख कारण ट्राफिक नियमको उल्लंघन देखिएको छ  ।

तीब्र गति, ओभरटेक, चालक निदाउँदा, मोवाइलको प्रयोग, मापसे लगायतका कारणले सवारी दुर्घटना बढेका छन । पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर,यान्त्रिक गडीवडीका कारण पनि सवारी दुर्घटना हुने गरेको छ । 

सवारी साधनमा झुन्डियर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरिरबाहिर निकाल्ने र जथाभावी बाटो काटने गरेका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् । सडकको अबस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

खाल्टाखुल्टी, घुम्तिमोड, उकालो ओरालो,जिर्ण कच्ची र ग्राभिल सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको प्रवक्ता सिँहले बताए । हुस्सु, कुहिरो, आधिबेरी, बर्षा, वाढीपहिरो लगायतका कारणले पनि सवारी दुर्घटना भइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा जनाइएको छ । 

ट्राफिक प्रहरीले नियमित रुपमा सवारी साधन चेकजाँचसँगै विभिन्न समयमा राजमार्गमा छड्के चेकजाँच गर्ने क्रममा चालकहरुलाई ट्राफिक नियमसंगै सवारी दुर्घटना न्यूनिकरणका बारेमा जनचेतना मुलक सन्देश दिँदै आइरहेको  जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ