arrow

पार्टी फुट रोक्न प्रचण्डको भरमग्दूर प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
prachanda-tension.jpg
तस्बिर– फाइल

काठमाडौं । कार्यविभाजन र पदाधिकारी चयन गर्नका लागि बसेको नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदनमा पार्टी संलग्न भएपछि मतभेदकै कारण छलफल हुन सकेको छैन । गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि माओवादीमा देखिएको विवादले दोस्रो केन्द्रीय समितिको बैठकमा पदाधिकारी चयन तथा कार्यविभाजनले प्रवेश भएको छ । 

एमसीसीको विवाद चर्किएको बेला केन्द्रीय समितिको बैठक आइतबार पनि बस्दैछ । शनिबारको कार्यालयको विस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति दुघर्टटनातिर जान लागेको आफू फेरि एक पटक दक्षिणपन्थी भइदिँदा मुलुकको राजनीति दुघर्टनाबाट जोगिने हुँदा एमसीसी पास गर्नुपरेको कारण बताएर बैठकलाई हँसाएका थिए । 

आइतबारको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठकको निरन्तरतास्वरूप बस्नेछ । तर त्यसअघि शनिबार प्रचण्डले पूर्व स्थायी कमिटीका सदस्यहरुसँग गठबन्धन जोगाउन र माधवकुमार नेपालको पार्टीलाई स्थिरता दिनकै लागि भए पनि एमसीसी पास गर्नु पर्ने अवस्था आएको बताएका थिए ।

माधव नेपालले नेतृत्व गरेको पार्टी जोगिने अवस्था नभए माओवादीको संगठनमासमेत अप्ठेरो अवस्था आउने देखिएको र आगामी निर्वाचनमा त्यसले ठूलो असर गर्ने भएकाले पनि एमसीसी पास गर्नुपर्ने अवस्थामा पुगेको प्रचण्डले दाबी गरेका थिए । 

माओवादीका एक नेताका अनुसार आजको बैठकमा पनि एमसीसीका विषयमा छलफल हुनेछ । ‘असन्तुष्ट साथीहरुले राख्नु भएको विषयमा केन्द्रीय सदस्यहरुले पनि धारणा राख्ने भएकाले बैठकमा एमसीसीले प्राथमिकता पाउनेछ’, माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने । 

उनका अनुसार धेरै नेताहरुले एमसीसीको विषयमा आफ्ना राख्न नपाएको र समूहगत रुपमा छलफल गरेर भए पनि आइतबारको बैठकमा धारणा राख्नेछन् । 
साथै केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयन पनि बैठकको एजेन्डा रहेको छ । केन्द्रीय समितिलाई पूर्णता दिने विषय पनि राखिएको छ । त्यसपछि सहमति भयो भने पदाधिकारी चयन विषयलाई महत्व दिइएको छ । तर आइतबारकै बैठकले पदाधिकारी चयन गर्ने विषयचाहि संभव नहुने देखिएको माओवादीका नेताहरुले बताएका छन् ।

गत पुस  १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको  २४७ जना केन्द्रीय सदस्य  चयन गरेको थियो। भोलिपल्ट १९ गतेको केन्द्रीय समितिको बैठकले पुनः प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर अन्य पदाधिकारी अहिलेसम्म चयन भएको छैन । केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि हुन सकेको छैन । 

आइतबारको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको भए पनि बैठकमा एमसीसीबारे छलफल हुँदा पदाधिकारी नटुंगिन संभावना पनि रहेको स्रोतले जनाएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ । अब २९९ को १० प्रतिशत पार्टी हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ । 

त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ । पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ । पार्टीभित्र जनार्दन शर्मा र वर्षमान पुन मध्ये एक जना पार्टीको महासचिव हुने दौडमा रहेका छन् । प्रचण्डले पुनलाई महासचिव बनाउनेगरी तयारी थालेको भएपनि त्यसबारेमा बाहिर मुख खोलेका छैनन् । 

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकट निकट रहेका केही नेताहरुले पदाधिकारीमा आकांक्षी छन् । तर श्रेष्ठले एमसीसीकै कारण पार्टीबाट बाहिरिन पनि खोजेका पार्टी अध्यक्ष प्रचण्डले उनको मागलाई सम्बोधन गरेर जाने बताइएको छ । ‘फुटबाट कहीँ पुगिँदैन भन्ने नेताहरुलाई राम्रोसँग थाहा छ त्यसरकारण पार्टी विभाजन हुने कल्पना पनि छैन’, प्रचण्ड निकट रहेका एक नेताले भने ‘केही विषयहरुलाई पार्टी अध्यक्षले स्पष्ट पारिसक्नु भएको छ ।’

पूर्व जनमोर्चा समूहबाट माओवादीमा प्रवेश गरेको श्रेष्ठ समूहले एमसीसीको विरोध गर्दै आएको छ । संसदमा समेत पार्टीको ह्विप उल्लंघन गरेको थियो । अहिले त्यही समूह बाहिरिन खोज्दा माओवादी अध्यक्षसमेत अप्ठेरोमा परेका छन् । 

माओवादीले आफ्नो पकड क्षेत्र मानिएको तराई मधेश, चितवन र सिन्धुली जस्ता जिल्लामा श्रेष्ठ निकट रहेका पूर्व जनमोर्चाहरुको राम्रो जनमत रहेको र श्रेष्ठ पक्षले पार्टीभित्र कुरा नमिली बाहिरिनु पर्ने अवस्थमा आएमा माओवादीले ती क्षेत्र गुमाउनु पर्ने अवस्था आउने हुँदा प्रचण्ड अप्ठेरोमा परेका छन् । 

प्रचण्डले निर्वाचन क्षेत्र माडीमा समेत श्रेष्ठ निकट रहेका मेयर निर्वाचित भएको र त्यहाँ जनमोर्चाका पूर्व नेता अमिक शेरचनको क्षेत्र भएका कारण श्रेष्ठले माओवादी पार्टी छाडेमा प्रचण्डलाई अप्ठेरो पर्ने अवस्थामा आउने नेताहरुले बताउदै आएका छन् ।



नयाँ