arrow

कांग्रेसका एक वडाध्यक्ष : जसले आफ्नो सेवा सुविधा जनसेवामा गरे खर्च  

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ फागुन २२ आइतबार
bishnukumar-bham.JPG

मुगु । राजनीति नेताहरूको कमाई खाने भाँडो हो भनेर जताततैबाट नेताहरूको आलोचना भइरहेका बेला हिलोमा पनि कमलको फुल फुल्छ । राजनीति भित्र पनि केही यस्ता व्यक्तिहरू पनि छन् जो राजनीतिलाई जनताको सेवाको रूपमा लिने गर्दछन् । फोहोरको डङ्गुरमा कमल ओझेलमा परेर झैँ यस्ता व्यक्तिहरू मात्र ओझेलमा पर्दै आएका छन् । 

राजनीतिलाई कमाइको भन्दा सेवाको रूपमा लिने नेताका रूपमा लिने जनप्रतिनिधि मध्येका एक हुन मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडाध्यक्ष विष्णुकुमार भाम । 

नेपाली कांग्रेसको तर्फबाट २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भई निर्वाचित भामले निर्वाचित भए लगतै आफ्नो ५ वर्षे कार्यकालमा राज्यबाट प्राप्त हुने सेवा सुविधा जनताको सेवामा खर्च गर्ने भनेर पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका थिए । 

स्थानीय जनप्रतिनिधीहरुको ५ वर्षे पदावधि सकिनै लाग्दा शुक्रवार आफुले गरेका जनसेवाहरूको सार्वजनिक सुनुवाइ तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि अध्यक्ष भामले आफुले गरेका जनसेवामुखी कामहरू सार्वजनिक गरेका छन् ।

वडाध्यक्ष पद सम्हाले देखि शुक्रवारसम्म नगर सभा बैठक भत्ता ७० हजार, मासिक तलब ३१ महिनाको प्रतिमहिना २२ हजारका दरले ६ लाख ८२ हजार, वडा कार्यालय बैठक भत्ता ६० हजार, नगर कार्यपालिका बैठक भत्ता ९० हजार ५२५, दैनिक भ्रमण भत्ताबाट ७५ हजार, विभिन्न कार्यालयका बैठक, गोष्ठी, तालिमबाट प्राप्त १ लाख ७५ हजार गरि कुल ११ लाख ५२ हजार ५२५ नगद आफुले प्राप्त गरेको र सो रकमबाट आफुले छायाँनाथ रारा नगरपालिका वडा नं १ देखि १४ का विभिन्न बस्तीमा रहेका असहाय, गरिब, दलित, विपन्न व्यक्ति तथा परिवारहरूलाई विभिन्न राहत सामान सहयोग गरेको वडाध्यक्ष विष्णु कुमार भामले बताएका छन् । 

व्यक्ति तथा घर परिवारलाई मात्र नभएर अध्यक्ष भामले आफुले पाएको सेवा सुविधाबाट विभिन्न खोलाहरूमा काठे पुल, सार्वजनिक शौचालय, विद्यालयहरूलाई शैक्षिक सामग्री, बाटो, धाराहरू पनि निर्माण गरेका छन् । 

७५३ वटा स्थानीय तहहरूमा कार्यरत जनप्रतिनिधि मध्य सायद कान्छा जनप्रतिनिधि भामले आफुले पाएको सेवा सुविधा व्यक्तिगत लाभमा प्रयोग नगरेर सामाजिक काममा खर्च गर्दा नगरपालिका भित्रका २७२४ जना व्यक्ति प्रत्यक्ष र २० हजार भन्दा बढी जनता अप्रत्यक्ष लाभान्वित भएका छन् । 

कोरोना कहरको बेलामा नगरपालिकाले जिल्ला बाहिरबाट उद्धार गरि ल्याएका स्थानीयहरू मध्य करिब १२ जनालाई अध्यक्ष भामले मिनिरल वाटर र चाउचाउ उपलब्ध गराएका थिए भने विभिन्न बस्तीहरूमा पुगी स्वास्थ्य जनचेतना जगाउने र स्वास्थ्य सामग्री वितरण गर्ने गरेका थिए ।

सधैँ जनताको काम र जनसेवामा व्यस्त रहने उन आफ्नो वडामा हुने विकास काममा समेत अन्य गाउँले सँगसँगै आफै सरिक हुने गर्छन् जसको कारण सबैको सहभागिता र गुणात्मक काम हुने गरेको छ ।

सार्वजनिक कार्यक्रममा आफुले गरेका कामको सार्वजनिक गर्दै अध्यक्ष भामले आफू र आफ्नो परिवारलाई पालिन पुग्ने सम्पत्ति बाबु बाजेले कमाई सकेकोले आफूमा धनी बन्ने, सम्पत्ति कमाउन लोभ लालच नभएको र वडाध्यक्ष मात्र होइन पाटीले पत्याएमा भावी दिनमा आफुले कुनै लाभदायी अन्य पाउँदा समेत राज्यबाट दिइने सेवा सुविधा सबै यसरी नै दिन दुखीको सेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लामा रहेका ४५ वडा ४ स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधि मध्य आफ्नो पाटीबाट निर्वाचित वडाध्यक्ष भाम पृथक् भएको नेपाली कांग्रेस मुगुका सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनले भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको यो उदाहरणीय कामले आफूहरूको शिर ठाडो भएको र अन्य नेता , कार्यकर्ता तथा जनप्रतिनिधीहरुले पनि राजनीतिलाई जनसेवाको रूपमा लिन विष्णु कुमार भामबाट प्रेरित हुनु पर्ने पनि बताए ।

६० महिने कार्यकाल मध्य ३१ महिनाको प्राप्त सेवा सुविधाको रकमबाट यो अवधिमा ५० वटा सामाजिक सेवाका काममा खर्च गरेको र बाकी २९ महिनाको सेवा सुविधा पाए पनि यस्तै जनमुखी काममा खर्च गर्ने सार्वजनिक कार्यक्रममा बताए । 

कार्यक्रममा दृष्टि विहीन,असहाय कल्से नेपालीले भने जस्तो नाम उस्तै काम आफूहरूले भगवान् विष्णु पायौ उनले देउडा गीत मार्फत भने 

दुई छोरी छन् एक जोईछ म आँखा देख्दैन
दिन दुखीका विसनु आया,अरू कोई देख्दैन 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ