- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजले विश्वकै सबैभन्दा बढी विश्वकप क्रिकेट खेल्ने रेकर्ड बनाएकी छिन् । उनले ६ वटा विश्वकप क्रिकेट खेलेर रेकर्ड बनाएकी हुन् । उनी पहिलो महिला खेलाडी बनेकी हुन् ।
समग्रमा भने ३९ वर्षीया मिथाली तेस्रो खेलाडी हुन् । यसअघि यो कीर्तिमान भारतीय पूर्व खेलाडी लिटिल मास्टर सचिन तेन्दुलकरले राखिसकेका थिए ।
न्यूजिल्याण्डमा शुरु भएको महिला विश्वकप क्रिकेटमा आइतबार पाकिस्तानविरुद्ध मैदानमा उत्रदै मिथालीले रेकर्ड बनाएकी हुन् ।
सो खेलमा उनले ३६ बलमा मात्र ९ रन बनाइन् । तर टिमले भने जितेको छ । भारतले शानदार खेल्ने क्रममा पाकिस्तानलाई १०७ रनले हरायो ।
मिथाली चार विश्वकपमा कप्तानी गर्ने दोस्रो खेलाडीसमेत बनेकी छिन् । यसअघि अष्ट्रेलियाकी बेलिन्डा कलार्कले समान चार विश्वकपमा कप्तानी गरेकी छिन् ।
त्यतिमात्र नभएर मिथालीले तेस्रो कीर्तिमान झनै मजबुद बनाएकी छिन् । उनी २० वर्षसम्म विश्वकप खेल्ने पहिलो खेलाडी बनेकी छिन् ।