भारतीय क्रिकेट कप्तान मिथालीले आइतबार बनाएका यी तीन विश्व कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
850
Shares
काठमाडौं । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजले विश्वकै सबैभन्दा बढी विश्वकप क्रिकेट खेल्ने रेकर्ड बनाएकी छिन् । उनले ६ वटा विश्वकप क्रिकेट खेलेर रेकर्ड बनाएकी हुन् । उनी पहिलो महिला खेलाडी बनेकी हुन् ।
समग्रमा भने ३९ वर्षीया मिथाली तेस्रो खेलाडी हुन् । यसअघि यो कीर्तिमान भारतीय पूर्व खेलाडी लिटिल मास्टर सचिन तेन्दुलकरले राखिसकेका थिए ।
न्यूजिल्याण्डमा शुरु भएको महिला विश्वकप क्रिकेटमा आइतबार पाकिस्तानविरुद्ध मैदानमा उत्रदै मिथालीले रेकर्ड बनाएकी हुन् ।