arrow

पोखरामा स्कुटर दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
accident-final.jpg

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १३ बाँझपाटनका २५ वर्षीय नन्दप्रसाद गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार बिहान ३ बजेतिर पोखरा महानगरपालिका वडा नं. १० कुँडहरचोकमा ग१०प ९९३० नम्बरको स्कुटर दुर्घटना भएको हो । स्कुटर गुरुङ आफैले चलाएको बताइएको छ । तीव्र गतिका कारण स्कुटर अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर चालक गुरुङ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ