arrow

नेविसंघमा महिला नेतृत्वको चर्चा, नेतृहरुले दिन थाले कांग्रेस पदाधिकारीहरुलाई दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
nebisangh-mahila-leader-campaign.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा महिला नेतृत्वको चर्चा हुन थालेको छ । नेविसंघ स्थापना भएदेखि अहिलेसम्म महिला नेतृत्व नभएको भन्दै अब भने महिला नै नेतृत्वमा आउनु पर्ने दबाब महिला नेतृहरुले दिन थालेका छन् । 

नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य गीता गुरुङ्गले अन्य दलहरुका भ्रातृ संस्थामा महिलाले पनि नेतृत्व गरेको भन्दै नेपालको सबैभन्दा लोकतान्त्रिक पार्टीमा भने महिला नेतृत्वमा आउन नसकेको गुनासो गरिन् । 

उनले आफूहरुको अभियान अब नेविसंघमा महिला नेतृ नै हुनुपर्ने भन्दै लागिरहेको बताइन् । उनले भनिन्, ‘२०२७ सालदेखि अहिलेसम्म नेतृत्वमा महिला आएनन् अब आउन पाउनु पर्यो भनेर लागिरहेका छौं ।’

महिला दिवसको अवसर पारेर मंगलबार उनीहरुले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएका छन् । 

नेताद्धयले आफूहरु सकारात्मक रहेको र पार्टीमा गम्भीर कुराकानी गर्ने बताएको नेतृ गुरुङ्गले जानकारी दिइन् । 

गीता भन्छिन्, २७ सालदेखि अहिलेसम्म आउँदा महिलाको नेतृत्वमा आएन । अरु संगठनहरुमा अनेरास्ववियू, क्रान्तिकारीमा महिलाले अवसर पाउँदै गर्दा नेविसंघमा किन पत्याइएन ? भन्ने हाम्रो प्रश्न नेताहरुलाई हो ।’

केही दिनअघिदेखि नै गुरुङ्गसहितको नेविसंघका नेतृहरुको टोलीले पार्टी पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाइरहेको छ । उनीहरुले यसअघि उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ्ग तथा सहमहामन्त्रीहरुलाई बुझाइसकेका छन् ।

त्यस्तै प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार, भीष्मराज आङ्दम्बे, पूर्व महामन्त्री डा. शशांक कोइरालालाई पनि ज्ञापन पत्र बुझाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ