arrow

शक्तिखोर जाँदै गरेको मोटरसाइकल दुर्घटनामा, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
accident-final-1618290232.jpg

मुग्लिन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गाउँपालिका २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट  शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको  मृत्यु भएको हो ।   
 
 मृत्यु हुनेमा चितवनको  इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र  इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । 

मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले  बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ