arrow

वामदेव गौतमका छिमेकीसहित ९० जना कांग्रेसमा प्रवेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
275496855_1579549925735732_272694106248230735_n.jpg

प्यूठान । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्यूठानमा युवाहरुको नेपाली कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको छ । नेपाली कांग्रेस प्यूठानले स्थानीय स्तरमा सङ्गठन विस्तार अभियानअन्तर्गत कम्युनिष्ट नेता एवं पूर्व गृहमन्त्री गृहमन्त्री वामदेव गौतमका छिमेकीसमेत रहेका प्यूठान नगरपालिका २ का ७० जना कम्युनिष्ट युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । 

क्वाडीस्थित कन्याकुमारीमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले पार्टी प्रवेश गराएका हुन् । त्यस्तै शनिबारै भएको कार्यक्रममा प्यूठान नगरपालिका ८ का २० जना युवा कांग्रेसमा प्रवेश गरे ।  उनीहरुले देश अप्ठ्यारो अवस्थामा पुगेका बेला निकास दिने पार्टी कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको बताए । 

कार्यक्रममा केन्द्रीय सदस्य पोख्रेलले कम्युनिष्टले अहिले विदेशी सहयोगको अनावश्यक हल्ला गरी जनतामा भ्रम फैलाएको आरोप लगाएका छन् । एमसीसीको विषयमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाई जनतामा भ्रम शृजना गरेको बताए ।
 
कार्यक्रममा ‘घर–घर जाउँ कांग्रेस बढाउँ’ अभियानका केन्द्रीय प्रतिनिधि किरण पौडेल, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य टेकबहादुर बस्नेत, पुष्पा श्रेष्ठ, प्यूठान सभापति विष्णुकुमार गिरी प्रदेश ‘ख’ का सभापति सरोज थापाको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ