- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले गुणस्तरिय दूरसञ्चार सेवाको विस्तारलाई सर्वसुलभ बनाउन दूरसञ्चार सेवाको नियामक निकाय दूरसंञ्चार प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकामा आयोजित दूरसञ्चार सेवाको विकास र विस्तार अवसर तथा चुनौती विषयक कार्याशाला गोष्ठीमा बोल्दै आचार्यले सूचना प्रविधिको प्रयोगसँगै जोखिम पनि बढ्दै गएकाले व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेत सजक भएर लाग्नुपर्ने बताए ।
सूचना प्रविधिको प्रयोग गरी आम नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न स्थानीय निकायहरुले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी रहेको भन्दै उनले रसुवा जिल्लामा मोबाइल सेवाको गुणस्तरीय वृद्धिका लागि स्थानीयको आवश्यकताअनुसार टावरहरु स्थापना गर्न आवश्यक रहेकोमा जोड दिए ।
जिल्लाका महत्वपूर्ण स्थानहरुमा फ्रि वाईफाईको व्यवस्था गर्न प्राधिकरणलाई अनुरोध गर्दै उनले आसन्न निर्वाचनलाई मघ्यनजर गर्दै प्राधिकरणले सबै मतदान केन्द्रहरुमा सूचना प्रविधिको पहुँज स्थापना गर्न आवश्यक व्यवस्या गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच सर्वसाधारणमा पुर्याउन प्राधिकरण कृयाशील रहेको बताए ।
सूचना प्रविधिको प्रयोगलाई व्यापक र विस्तार गर्न प्राधिकरणले ग्रामीण क्षेत्रका सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट सुविधा र आईटी ल्याब स्थापनामा सघाइरहेको उनले बताए ।
सेवाप्रदायक छनोट गर्न पाउने अधिकार प्राधिकरणले स्थानिय निकायहरुलाई उपलव्ध गराएको जानकारी दिँदै उनले सार्वजनिक स्थान मठ मन्दिरहरुमा दूरसञ्चार प्राधिकरणले निःशुल्क इन्टरनेटको सुविधासमेत उपलब्ध गराउँदै आएको बताए ।
सूचना प्रविधिको क्षेत्रमा पहुँच विस्तार हुँदा त्यसले जोखिमहरूसमेत निम्त्याएकाले सम्बन्धित व्यक्तिको डाटाको सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाम सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले दूरसञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउँदै सबैको पहुँचमा पुर्याउन प्राधिकरण लागि परेको बताए ।
कार्यक्रममा सभापति एवं उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले विश्वमा फैलिएको कोभिड १९ संक्रमणको क्रममा दूरसञ्चार प्राधिकरणले दिएको सेवाबाट नै दूरदराजका छात्रछात्राहरुले यसको प्रयोग गरी शिक्षा पाउन सफल भएको बताए ।
सूचना प्रविधिको प्रयोगले स्थानीय निकायबाट प्रदान गरिने सेवाहरुलाई सर्वसुलभ बनाउन सहयोग पुगेको उनले बताए ।