arrow

बस र कार ठोक्किँदा वडा सदस्यको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
accident-final.jpg

नवलपुर । नवलपुरमा बस र कार ठोक्किँदा बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नं. १० कुपण्डोल निवासी ६० बर्षीय बासुदेव थापा रहेका छन् । थापा ललितपुर महानगरपालिका वडा नं. १० का वडा सदस्य हुन् ।

शुक्रबार राति गैंडाकोट थुम्सीमा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नम्बरको बसले पश्चिमबाट पूर्व आउँदै गरेको प्र ३-०१-०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिएको हो ।

दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुर चितवनमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ