arrow

आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल हुनसक्छ: मन्त्री कार्की

logo
सौरभ गिरी
प्रकाशित २०७८ फागुन २९ आइतबार
275517428_680802549704135_5187454894825643960_n.jpg

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी मुलुकको हितमा रहेकाले सार्वभौम संसदले पारित गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आइतबार बिहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासमा एमसीसीले योगदान पुर्याउने बताए । विद्युत र सडक पूर्वाधार विकासमा एमसीसी कोशेढुंगा सावित हुने उनको भनाइ छ ।

सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल हुन्छ कि हुँदैन भन्ने पत्रकारहरुको जिज्ञासामा मन्त्री कार्कीले आवश्यकता र औचित्यका आधारमा सत्ता साझेदार दलहरुका बीचमा चुनावी तालमेल हुन सक्ने बताए । 

अहिलेको राजनीतिक अवस्थालाई गहिरोसँग विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय लिइने उनको भनाइ छ । विशेष परिस्थितिमा बनेको गठबन्धन भएकाले आवश्यकता अनुसार सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुन सक्ने मन्त्री कार्कीले स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्कीले पार्टीले स्थानीय तहमा जीत हासिल गर्न सकेमात्रै प्रदेश र संघमा जित्ने आधार बन्ने बताउँदै स्थानीय निर्वाचन जित्नैपर्छ भन्ने अठोटका साथ लाग्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । 

आइतबारदेखि शुरु भएको एक महिने चुनावी अभियानलाई सफल बनाउन कार्कीले सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ