arrow

सङ्खुवासभा दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
sankhuwasabha-accident-2078-11-26.jpg

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ । मादी नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए । 

यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही रु ५० हजारसमेत दिने उनले बताए । 

गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चार जना घाइतेसमेत भएका थिए । मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ । 

स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ