arrow

रियाल मड्रिडले युक्रेनका विस्थापितलाई १० लाख युरो दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
spanish-super-cup-real-madrid-2022.jpg
तस्बिर– फाइल

काठमाडौंं । स्पेनिश फुटबल क्लब रियाल मड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने ला लिगाका नेताहरुले जनाएका छन् ।

उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । 

राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ