रियाल मड्रिडले युक्रेनका विस्थापितलाई १० लाख युरो दिने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
988
Shares
तस्बिर– फाइल
काठमाडौंं । स्पेनिश फुटबल क्लब रियाल मड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने ला लिगाका नेताहरुले जनाएका छन् ।
उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ ।
राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।