arrow

बस दुर्घटना गराएर भागेका चालक कास्कीमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
pakrau9.jpg

पोखरा । कास्की प्रहरीले बस दुर्घटना गराएर फरार रहेका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ४ का राजकुमार वंशी रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा वंशीलाई मंगलबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । उनलाई बुधबार काठमाडौं पठाइएको छ । 

प्रहरीका अनुसार फागुन ३० गते बिहान काठमाडौंको बालाजुमा बस दुर्घटना गराएर वंशी फरार भएका थिए । वंशीले चलाएको ना५ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखाका ५८ वर्षीय भीमप्रसाद रेग्मीको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
नयाँ