arrow

मकवानपुर बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
accident1.jpg

बागमती । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । 

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका-६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका-४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नंको बस आज बिहान ८:३० बजे मनहरि ६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र  दुर्घटनाको कारण पनि खुल्न नसकेको  उहाँको भनाइ थियो । घाइते भएकाहरूलाई चितवन अस्तपल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ