arrow

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत ४ शुक्रबार
Accident-sign.jpg

हेटौँडा।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

शुक्रवार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ख ४४५४ नम्वरको यात्रुबहाक बस सुनाचुरी भुल चोकमा अनियन्त्रित भई पल्टिएको हो ।  दुर्घटनामा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नम्बर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

दुर्घटनामा अन्य १५ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।

उनका अनुसार, बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ