arrow

तराईमा होली

logo
विवेक मिश्र,
प्रकाशित २०७८ चैत ४ शुक्रबार
sundarchaur-mayour.JPG
तस्बिर : मोरङ सुन्दरहरैचाका मेयर शिव ढकाल नगरवासीसँग होली खेली रमाउँदै ।

मोरङ । रङ्गहरूको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी, हिमाली तथा उपत्यका क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन छ । आज तराईका सबै जिल्लामा पारिवारिक तथा समूहगत होली खेलिरहेका छन् ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रङ्ग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिएको छ । 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास छ ।

यसै गरी द्वापर युगमा श्रीकृष्ण भगवान्लाई मार्न कंसद्वारा पठाइएकी राक्षसनी पूतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए।
तस्बिर - मोरङ सुन्दरहरैचाका मेयर शिव ढकाल नगरवासीसँग होली खेली रमाउँदै ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ