arrow

बस र ट्रक ठोक्किंदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
accident.jpg

नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका-१५ धौलागिरीचोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सूर्यापुरा गाउँपालिका वडा नं. ३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ४३१९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना६ख १७२१ नम्बरको ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटना पछि दुबै सवारीसाधनसहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ