arrow

प्रदीपको ट्रयाक्टरबाट खसेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
accident-final-1618290232.jpg

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ । उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

बालुवा र सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति अन्दाजी ९ः२० बजे खसेका थिए । खस्दा गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा बाटैमा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका–५ का २७ वर्षीय रोशन गुरुङ भने प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ