arrow

स्याङ्जामा सवारी दुर्घटना, जितेन्द्र पटेलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
Accident syangja.jpg

स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । हुनेमा रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं. ५ फर्सटिकट घर भएका वर्ष २७ का जितेन्द्र पटेल रहेका छन् । 

उनी स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ३ गल्याङ बजारस्थित कुशल मोटरसाइकल वर्कसपमा कार्यरत थिए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउसो १ बजे गल्याङ नगरपालिका वडा नं. १ नब्बेस्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा पटेलको मृत्यु भएको हो । 

वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग१५प ७४४७ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु२ख ५२९० नं. को फोर्स कम्पनीको गाडी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका पटेललाई उपचारका लागि नगर अस्पताल गल्याङ स्याङ्जामा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अधिकारीले जानकारी दिए । 

दुर्घटना पश्चात् दुवै सवारी साधन र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ