arrow

बालिकाहरुको कानको मुन्द्री चोर्ने तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
chor.jpg

पोखरा । कास्की प्रहरीले बालबालिकाले कानमा लगाएको मुन्द्रा चोर्ने तीन जना पक्राउ परेका छन् । उनीहरु पोखरा महानगरपालिका वडा नं. १५ घलेचोक, नयाँगाउँबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्याङ्जाका स्थायी घर भइ हाल पोखरा-१० रामबजार बस्ने वर्ष २५ की अम्बिका पुलामी मगर, पोखरा-१७ राष्ट्र बैंकचोक बस्ने थमन सिंह विश्वकर्मा र नितेश विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले चैत १ गते पोखरा-१ टुँडिखेलस्थित राष्ट्रिय माविमा अध्ययनरत दुई जना बालिकाले कानमा लगाएको सुनका मुन्द्रा निकालेर लगेका थिए । 

उनीहरुले सुन चोरी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

उनीहरुको साथबाट ७.६ लाल सुनजस्तो देखिने पहेंलो धातुले बनेको ससाना मुन्द्राका टुक्राहरू बरामद भएको तिवारीले जानकारी दिए । उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

कास्की प्रहरीका अनुसार अम्बिका पुलामी मगर यसअघि पनि सोही प्रकृतिको अपराधमा संलग्न भई अदालतबाट गत पुस ५ गते माग गरिएको एक लाख रुपैयाँ धरौटी तिरेर छुटेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ