arrow

पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
hatya-murder.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ । प्यारालाइसिसको समस्याबाट ग्रसित रहेकी नेपाली चैत ४ गते बिहान मृत फेला परेकी थिइन् ।

नेपालीको घाँटीमा नीलो दाग देखिएपछि घटना शंकाष्पद रहेको भन्दै प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा नेपालीको हत्या भएको खुलेको कास्की प्रहरीले जनाएको छ ।

हत्या आशंकामा उनैका जेठा छोरा ३६ वर्षीय ओमबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार ओमले शुरुआती चरणदेखि नै फरक-फरक व्यवहार देखाउने गरेका थिए । 

अनुसन्धानका क्रममा ओमले नै आमाको हत्या गरेको र सो हत्याका लागि साथी ३७ वर्षीय कुमार गुरुङको साथ लिएको खुलेको प्रहरीको भनाइ छ । कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार घर जग्गा बेच्न नदिएको निहुँमा ओमले साथी कुमारको सहयोगमा आमाको हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार चैत ४ गते बिहान घटनाका बारेमा ओमले नै प्रहरीलाई खबर गरेका थिए । ओमले आमाको हत्या गरिसकेपछि घर जग्गा बेचेर एक लाख दिने सर्तमा माटेपानीका कुमारलाई हत्यामा सहयोग मागेको खुलेको डिएसपी तिवारीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ओम र कुमार दुवैले घटना आफूहरूले नै घटाएको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार फागुपूर्णिमाको दिनमा ओम र उनका साथी कुमारले मदिरा सेवन गरेका थिए । घरमा पुगेर ढोका खोली ओमले आमा नौमायाको हत्या गर्न कुमारलाई कोठामा पठाएका थिए ।

कुमारले सुतिरहेकी नौमायाको घाँटी थिचेर हत्या गरेपछि करणीको प्रयाससमेत गरेको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी तिवारीले बताए । पक्राउ परेका ओम र कुमारलाई ज्यान मुद्दामा आदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ