arrow

लेटाङका शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
275828521_706763740355018_917348507278028487_n.jpg

काठमाडौं ।  मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भर्त्सना गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसाप्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालयसँग माग गरे । 

सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक सङ्घ-सङ्घटन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसमेतको संलग्नतामा घटनाको छानबिन समिति गठन गरी कारबाही  प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गर्दै पीडित छात्राको आवश्यक उपचार र क्षतिपूर्ति दिनसमेत माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ