arrow

कांग्रेस बागमती प्रदेशको एक दिने प्रशिक्षण कार्यक्रम

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत ८ मंगलबार
275902703_690348795488790_40623649826416509_n.jpg

बागमती । नेपाली कांग्रेस बागमती प्रदेशको एक दिने प्रशिक्षण मङ्गलवार हेटौंडामा सम्पन्न भएको छ ।

“घरघर जाऔँ, कांग्रेस जिताऔँ” अभियान अन्तर्गत कांग्रेस बागमती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई स्थानीय निर्वाचन र एमसीसिको भ्रम सम्बन्धी एक दिने प्रशिक्षण दिएको हो ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षयतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

सभापति बानियाँले एमसीसि बारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा कांग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताए । बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोल टोलमा गई आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न मतदातालाई बुझाउनसमेत निर्देशन दिए ।

कांग्रेस बागमती प्रदेशले हिजो सोमबार पूर्व केन्द्रीय महामन्त्री प्रकाशमान सिंहबाट मुख्य कार्यालय हेटौंडामा उद्घाटन गर्नुका साथै तेस्रो बैठकबाट कोषाध्यक्ष, प्रवक्तासहित विभिन्न समिति र विभागहरुमा संयोजक तोकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ