arrow

लागुऔषधसहित गुरुङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
Bodh bahadur.jpg

पोखरा । कास्की प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ शिवटोलका वर्ष ३३ का चेते भन्ने बोधबहादुर गुरुङ रहेका छन् । उनी जमिन मुनी लुकाई राखेको लागुऔषधसहित सोमबार पक्राउ परेका हुन् ।

जमिन मुनी माटोले पुरी लुकाई छिपाई लागूऔषध राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पृथ्वीचोककी ज्ञानु गुरुङको खाली जग्गामा माटोले पुरी लुकाई छिपाई राखेको लागुऔषध फेला परेको कास्की प्रहरीले जनाएको छ । 

जमिन मुनिबाट डाईजापाम-२८ एम्पुल, फेनेरागन-३० एम्पुल र नुर्फिन-२९ एम्पुल गरी जम्मा-८७ एम्पुल लागुऔषध बरामद भएको थियो । पक्राउ परेका चेतेलाई अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ