बँदेलको पासोमा चितुवा फस्यो, उद्धार गरी बर्दिया लगियो
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
369
Shares
दार्चुला । दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ । मालिकार्जुन गाउँपालिका-६ बाँकुमा बिहीबार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई शुक्रवार दिउँसो उद्धार गरिएको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख परमानन्द कुँवरले जानकारी दिए ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको रेस्क्यु टोलीले चितुवाको उद्धार गरेको हो । हिजोदेखि पासोमा फसेको चितुवाको वनका कर्मचारी र नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिएका थिए ।
२४ घण्टापछि चितुवाको उद्धार गरी बर्दिया राष्ट्रिय निकुञ्ज लगिएको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख कुँवरले बताए । त्यहाँ बँदेलले बालीनाली सखाप पार्न थालेपछि पासो थापेको स्थानीयले बताएका छन् ।