arrow

देव र दिपेन्द्रबीच सबैभन्दा धेरै रनको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
nepal-cricket-dipendra-dev-cricket.jpg

काठमाडौं । दिपेन्द्र सिंह ऐरी र देव खनालबीच अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक रनको साझेदारी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा ऐरी र खनालले १२९ रनको साझेदारी गरेका हुन् ।

नेपालले ५ रन बनाउँदा २ विकेट गुमाइसकेको अवस्थामा आएका देव र ऐरीले अप्ठेरो परिस्थितिमा रन जोड्ने क्रममा रेकर्ड नै खडा गरेका हुन् । यो रन अहिलेसम्म कुनै पनि नेपाली क्रिकेटरले कुनै पनि विकेटका लागि बनाएको साझेदारी हो । तेस्रो विकेटका लािगसमेत यो साझेदारी थप लामो समय जाने पनि देखिन्छ । 

यसअघि रोहित पौडेल र आरिफ शेखको नाममा सर्वाधिक रनको साझेदारी रहेको थियो । उनीहरुले पाँचौं विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए । 

तर त्यो कीर्तिमान हिजोको खेलमै सम्भव भएको थियो । उक्त क्रममा रोहितले सर्वाधिक १२६ रन बनाएर रेकर्डसमेत राखेका थिए । साझेदारी कीर्तिमानको २४ घण्टा बित्न नपाउँदै देव र दिपेन्द्रले रेकर्ड राखेका हुन् । 

देवले आज दोस्रो खेल खेलेका हुन् । देवले जिते मन, दोस्रो खेलमै शानदार अर्धशतकसहित कीर्तिमान 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ