arrow

बस पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
277245467_958592724763309_7372236354315679474_n.jpg.jpg

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस बिहान करिब ९ः२० बजेतरि अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ । 

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए ।

सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ