arrow

कांग्रेस बैठक सोमबार पनि बस्ने, आइतबार ५४ केन्द्रीय सदस्यले राखे भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
congress-cwc-meeting-2078-12-13.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी बैठक सोमबार पनि चल्ने भएको हो । आइतबार ५४ जना केन्द्रीय सदस्यले आफ्नो भनाइसँगै जिल्लाको रिपोर्टिङ गरेका छन् । केन्द्रीय सदस्यहरुलाई विभिन्न जिल्लाको जिम्मा दिएर प्रचारप्रसार गर्न फागुन २९ गते खटाइएको थियो । एक महिने अभियान चेत २९ गते सकिँदैछ । 

शुक्रबार २२ जनाले भनाइ राखेकामा आइतबार ५४ जनाले आफ्नो विचार राखेका हुन् । पार्टी मुख्यालय वीपीनगर सानेपालमा बोल्ने केन्द्रीय सदस्यहरुमा एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले र  महेन्द्रकुमार राय हुन् । 

त्यस्तै गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

कांग्रेसले बैशाख ३० गतेको स्थानीय चुनाव लक्षित ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियान चलाएको छ । घोषणापत्र तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । 

पछिल्लो कांग्रेस बैठकमा प्रदेशको अवस्था र परिस्थितिबारे रिपोर्टिङ भएको थियो । चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राखेका थिए भने प्रदेशगत रिपोर्टिङ भएको थियो ।

चैत ११ गतेको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले आइतबार धारणा राखेका हुन् । यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमनत्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना र शान्ति परियारले धारणा राखेका थिए । 

त्यसैगरी शुक्रबार नै प्रदेश सभापति उद्धव थापा (प्रदेश १), कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश) र ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

बैठकमा अधिकांश केन्द्रीय सदस्यले सरकारका काम, आगामी चुनाव र चुनावी गठबन्धनको विषयमा धारणा राखेका थिए । प्रदेशका सभापतिहरु अधिकांशले गठबन्धन गर्न नहुनेमा जोड दिए पनि सोमबारसम्म आइपुग्दा केन्द्रीय सदस्यहरुले गठबन्धनमा जोड दिन थालेका छन् । 

अर्को बैठक सोमबार बिहान साढे ११ बजे बस्नेछ।



नयाँ