arrow

शेखर कोइराला समूहलाई बेवास्ता गरिए देशैभरि खबरदारी अभियान चलाइन्छ –रञ्जित कर्ण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
Screenshot 2022-03-28 185120.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टिभित्र भइरहेको एकाधिकारको चर्को आलोचना गरेका छन् । उनले भने, ‘पार्टीभित्र भागभण्डा हामीलाई चाहिँदैन तर पार्टीका हरेक निर्णयमा पार्टी भित्रको शेखर कोइराला समूहको समान सहभागिता हुनुपर्ने हाम्रो समूहको धारणा हो ।’

सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेलामा सभापति शेरबहादुर देउवाका बारेमा बोल्दै नेता कर्णले भने, ‘१४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भइसकेपछि उहाँले हाम्रो समूहलाई पूर्ण बेवास्ता गर्दै अगाडि बढ्न खाज्दै हुनुहुन्छ ।’

उनले हिजो आफू नेविसंघको सभापति हुँदा तदर्थ समिति निर्माण गर्दा देउवा पक्षधरका नेताहरुको सम्मानजनक उपस्थिति भएन, अन्याय भयो भनेर संघर्ष गर्दा सुशील कोइरालाले संख्या थपेको प्रसङ्ग सुनाउँदै आज देउवालाई आफूहरुले अन्याय भयो भनेर खबरदारी गर्नु कांग्रेसका लागि दुर्भाग्य भएको बताए । 

पार्टि भित्र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको म्यान्डेट पाएका् शेखर कोइराला समूहलाई बेवास्ता गरेर फरक पार्टीसँग गठबन्धन गरेर आसन्न चुनाव जित्न नसकिने कर्णको दाबी छ । 

सभापति देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो । 

भेलामा डा. चन्द्र भण्डारी, गुरु घिमिरे लगायतका नेताहरुसमेत सहभागी भएका थिए । 



नयाँ