arrow

बागलुङमा जीप दुर्घटनामा वडाध्यक्षको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
ritubarna poudel.jpg

पोखरा । बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं.१ का ४७ वर्षीय ऋतुवर्ण पौडेल रहेका छन् । उनी वडा नं. १ का वडाध्यक्ष हुन् ।

बागलुङको निसीखोलामा पिकअप जिप दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

मंगलबार साँझ ६ः४५ बजे निसीखोला गाउँपालिकाको निसीबाट बुर्तीबाङ जाँदैै गरेको लु१त ९४८० नम्बरकको पिकअप जीप दुर्घटना भएको प्रहरी निरीक्षक वन्तले बताए । 

पिकअप जिप सडकबाट करिब १०० मिटर तल निसीखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३८ वर्षीय सुरेश थापा घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ