arrow

पोखरामा सवारी दुर्घटना, नयाँगाउँकी अञ्जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
accident-final.jpg

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १५, नयाँगाउँकी १८ वर्षीया अञ्जना पाइजा रहेकी छन् ।

पोखराको सभागृह चोकमा बिहान ६ बजे ना६ख ४७२५ नं. को मालवाहक ट्रकले ग१४प ६५९८ नं. को स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

कास्की प्रहरीका अनुसार सो दुर्घटनामा पोखरा महानगरपालिका वडा नं. १०, घलेचोक निवासी १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् ।

स्कुटर लिएर बाटो क्रम  गर्ने क्रममा ट्रकले ठक्कर दिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ