arrow

तनहुँमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
scooter-accident.jpg

तनहुँ । तनहुँमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. ७ शेराकी ७० वर्षीया बुद्धिमाया दरै रहेकी छन् ।

शेरास्थित भित्री सडक खण्डमा दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग२०प २१४३ नम्बरको स्कुटरले दरैलाई ठक्कर दिँदा दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी दरैको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । स्कुटर चालक र स्कुटर प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ