arrow

भारतीय सवार कार लालबन्दीमा दुर्घटनाः एकको मृत्यु, पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
accident-final-1618290232.jpg

सर्लाही । सर्लाहीको लालबन्दीमा कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका १७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी २, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्याइएको थियो । अस्पताल  पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ । 

दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी(२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव,  प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् । 

उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ