arrow

दमौलीमा महिलाको गहना लुटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
gold-birjung.jpg
फाइल तस्वीर

तनहुँ । तनहुँको दमौली बजारमा बुधबार दिउँसो १ बजेतिर एक महिलाले घाँटीमा लगाएकी सिक्री र हातमा लगाएकी औँठी लुटिएको छ । व्यास नगरपालिका वडा नं. १० डिहिगाउँकी ४० वर्षीया रमा सुनारले लगाएका यी दुई गहना लुटिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका वडा नं. २ भेटघाट चोक नजिकै महिलाको घाँटीमा लगाइएको एक तोलाको सिक्री र औँठी लुटपाट भएको हो ।

तीन जनाको समूहमा रहेका अपरिचित युवाहरूले नक्कली सुन धेरै देखाएर प्रलोभनमा पारेको या औषधि खुवाएर लट्ठ पारी लुटपाट गरेको हुन सक्ने प्रहरीको आशङ्का छ । ती युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ