arrow
ADVERTISEMENT

लागूऔषधसहित एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
pakrau9.jpg
फाइल तस्वीर

पोखरा । कास्की प्रहरीले स्याङ्जाका एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० रामबजार बस्दै आएका २७ वर्षीय कुमार गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गुरुङको साथबाट लागूऔषध डाईजेपाम ९ एम्पुल, फेनेरागन ११ एम्पुल र नुर्फिन ९ एम्पुल गरी जम्मा २९ एम्पुल लागूऔषध बरामद गरेको हो ।

पक्राउ परेका गुरुङमाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ