- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आँधीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
नागरिकताका लागि वडा मुचुल्कामा किर्ते सही गरेर सिफारिस गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बहादुर बस्नेतका अनुसार खत्रीलाई बुधबार राति बिचारीचौतारास्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।
खत्रीसंगै सोही कार्यमा संलग्न अन्य चार जनालाई पनि पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए ।
उनलाई छुटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दबाब दिएको छ ।