arrow

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
pakrau9.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३८ वर्षीया परशुराम रेग्मी रहेका छन् । रेग्मीले फागुन ३० गते बिहान १० बजे १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । 

शिक्षक रेग्मीले जबरजस्ती करणी गर्ने मनसायले कक्षाकोठाभित्र अध्यापन गराउने क्रममा दुई बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार बुधबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा बाल यौन दुर्व्यवहारकै शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ