arrow

कांग्रेसबाट उम्मेदवार बन्न वडा मै हानाथाप

कांग्रेस प्रतिको आकर्षण की मौकामा चौका हान्नेको भिड

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ चैत २१ सोमबार
nepali-congress-flag-tree00.jpg

मुगु । नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गदै चैत २२ गते भित्र वडा समितिले आफ्ना उम्मेदवार टुङ्गाएर कांग्रेस पालिका समितिहरूमा सिफारिस गर्नुपर्ने भनेपछि अहिले कांग्रेसजनहरु आआफ्ना वडाहरूमा स्थानीय निर्वाचनका लागी उम्मेदवार छनौटमा जुटेका छन् । 

मुगु जिल्लामा रहेका ४५ वडाहरूमा आफ्नो पार्टीका तर्फबाट वडाध्यक्षदेखि ४ जना सदस्यसम्म कस्लाई उम्मेदवार बनाउने भनेर स्थानीय कांग्रेस नेता कार्यकर्ताहरू जुटेका हुन । जानकारी अनुसार जिल्ला भरी ४५ वडाहरू मध्य छायाँनाथ रारा नगरपालिका वडा नं ८ नं वडामा मात्र कांग्रेसले आफ्ना उम्मेदवार टुङ्गाएको बुझिएको छ भने अन्य ४४ वडा प्रत्येक पदमा दर्जन बढी आकाङ्क्षी देखिएका छन् । 

वडा समितिलाई वडा सदस्य सँगै वडाध्यक्षमा एक महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन भए पनि आकाङ्क्षी धेरै हुँदा वडा समितिहरूलाई के गर्ने दुबिधामा परेका छन् ।

छायानाथ रारा नगरपालिका वडा नं १३ का वडाध्यक्ष तथा कांग्रेस नेता चक्र सावत भन्छन् विगतका निर्वाचनमा मान्छे खोज्नु पर्थ्यो यो पटक त खै के हो वडा सदस्य देखि अध्यक्षका उम्मेदवार बन्न हानाथाप छ । आफ्नो वडामा अध्यक्षको उम्मेदवार बन्न मात्र १४ जना आकाङ्क्षी देखिएका छन्, कसैले कसैलाई छोड्न तयार छैनन् ।

वडा नं ३ का वडाध्यक्षका लागी १८ जना आकाङ्क्षी देखिएका थिए आइतबार रातीसम्म त्यो सङ्ख्या घटेर १० जना पुगेको छ । कसैले कसैलाई नछोड्ने अवस्था आएपछि जिल्लाले जसलाई दिए पनि मन,बचन र कर्मले सहयोग गर्ने,अन्तर्घात नगर्ने सर्तमा सबैको नाम जिल्ला कार्य समितिमा सिफारिस गर्ने निर्णय भएको स्थानीय युवा भरत रावल.बताउँछन् ।

वडा नं १ मा १४ जनाले वडाध्यक्षमा आकाङ्क्षा देखाएपछि आ आफ्नो टोलबाट मिलाएर आउन भनिएको र कम्तीमा ४ जनासम्मको नाम सिफारिसका लागी कसरत भइरहेको नेपाली कांग्रेस वडा नं १ वडा समितिका सभापति मीन बहादुर मल्लले बताए ।

No description available.

जिल्लामा रहेका ४ वडा स्थानीय तहहरूमा रहेका वडाहरूमा अध्यक्ष देखि सदस्यहरूका उम्मेदवार बन्न हाना थाप हुन थालेपछि मुगु कांग्रेसले यसैका कारण हार व्योहोर्नु पर्ने हो की भन्ने चिन्तामा रहेको पार्टी सभापति ऐन बहादुर शाही बताउँछन् ।  

उनी भन्छन्, 'सकभर वडा मै सहमति भएर एकल नामहरू आए कार्यकर्ता वीच मनमुटाब नहुने र विपक्ष उम्मेदवारलाई जित्न सहज हुनेथ्यो त्यही भएर हामीले वडालाई सहभर कम सङ्ख्यामा आफ्ना वडाबाट उम्मेदवार बन्ने व्यक्तिहरूको नामावली पठाउन निर्देशन गरेका छौ तर पनि वडा वडामा उम्मेदवारका आकाङ्क्षी धेरै भएको मिलाउन नसकेको भनेर फोन आउने गरेकोले जिल्लालाई पनि उम्मेदवार छनौट गर्न कठिन हुने र यसै कारण कांग्रेसले जित्ने वडाहरू गुमाउनु पर्ने अवस्था आउँछ की भनेर आफूहरू चिन्तित भएको, कम आलोचना र रुष्टमा उम्मेदवार छनौटको कसरी गर्ने त्यो विधि आफ्नो आफूहरूले खोजी गरि विपक्ष उम्मेदवारलाई जित्ने सबैको स्विकार्ने उम्मेदवार छनौट गर्नेछौ ।'

खत्याड गाउँपालिकामा रहेका ११ वडाहरू मध्य १,२ र ४ नं वडामा उम्मेदवार छनौट सहज हुने अवस्था भए पनि अन्य ८ वटा वडाहरूमा प्रत्येक पदमा दर्जन बढी उम्मेदवारका आकाङ्क्षी भएको र मिलाउने प्रयास भइरहेको कांग्रेस कणाली प्रदेश कार्य समितिका सदस्य तथा खत्याड गाउँपालिका स्थानीय युवराज मल्लले जानकारी गराए । 

यस्तै सोरु गाउँपालिकामा रहेका ११ वडाहरूमा पनि प्रत्येक वडामा वडाध्यक्ष र सदस्यका उम्मेदवार हुन आकाङ्क्षीहरू दर्जन बढी रहेको कांग्रेस सोरु गाउँपालिका सभापति कुबेर जङ्ग शाहीले बताए । 

यता छायाँनाथ रारा नगरपालिकाका १४ वडा हरू मध्य वडा नं ८ मा बाहेक सबै वडाहरूमा पनि अन्य पालिका जस्तै अवस्था छ भने मुगुम कार्मारोङ गाउँपालिकामा भने अन्य पालिका झैँ तछाड मछाडको अवस्था छैन । यो गाउँपालिकामा जनजाति लामा समुदायको बाहुल्यता रहेको छ ।

धर्ममा अधिक विश्वास गर्ने र जेष्ठ नागरिकको सम्मान र निर्देशन मान्ने भएकाले यहाँका ९ वडा वडाहरूमा कांग्रेसका उम्मेदवार एकल नाम सिफारिस हुने सम्भावना रहेको मुगु कांग्रेसले विश्वास गरेको छ ।

केन्द्रमा कांग्रेसको सरकार,५दलको गठबन्धन,बलियो एमाले दुई टुक्रा भएको बेला वडामा जित्न सजिलो हुने मनोविज्ञान र जनप्रतिनिधीहरुको सेवा सुविधाका कारण बेरोजगारीले चरम रूप लिएको बेला उम्मेदवार बन्न आक्रोशित हुनुका प्रमुख कारण भएको हुनसक्ने कांग्रेसजन तथा अन्यले अनुमान गरेका छन् ।

कांग्रेसले वटा स्तरबाट उम्मेदवार छनौटको प्रक्रिया शुरु गरे पनि अन्य दलहरू भने मौन बसेका छन् । उनीहरू कांग्रेसले कस्ता उम्मेदवार छनौट गर्छ सोही अनुसार आफ्ना उम्मेदवार छनौट गर्ने मनस्थितिमा रहेको पाइन्छ ।

नेपाली कांग्रेस वडा समितिले छनौट गरेका उम्मेदवारहरूको नामावली पालिका,प्रदेशबाट सिफारिस हुँदै जिल्ला कार्य समितिसम्म पुगेपछि अन्तिम आधिकारिक उम्मेदवारको छनौट हुने मुगु जिल्ला सभापति शाही बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ