arrow

सम्भावित विपद् जोखिम नियन्त्रणका लागि कृत्रिम घटना अभ्यास देखाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
darchula-bipad.PNG

दार्चुला । दार्चुलामा सम्भावित विपद् जोखिम नियन्त्रणका लागि कृत्रिम घटना अभ्यास देखाइने भएको छ । विपद् घटना भएको परिकल्पना गरी कृत्रिम घटना अभ्यास तथा तालिम कार्यक्रम गरिने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

यो समयमा हावाहुरी तथा आगलागी हुने जोखिम रहेकाले यही चैत्र २४ गते (बिहीबार) जिल्ला प्रशासन कार्यालयको आयोजनामा सुरक्षा निकाय, नेपाल रेडक्रस र सम्बन्ध निकायद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिने उनले बताए । 

कृत्रिम अभ्यासको प्रदर्शन बिहीबार बिहान ११ बजे वीरेन्द्र वनस्थित नेपाली सेनाको खुला मैदानमा हुनेछ । सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विपद् सम्बन्धी सचेतना अभिवृद्धिका लागि सुरक्षा निकाय र सरोकारवाला निकायद्वारा स्थानीयलाई पनि राखेर कृत्रिम घटना अभ्यास र तालिम कार्यक्रम देखाइने प्रजिअ उपाध्यायले बताए । 

यस्तै सोमवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यो समयमा हावाहुरी तथा आगलागीजन्य घटनाहरूबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहलाई सचेतनामूलक कार्यक्रमका साथै पूर्व तयारी व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ