arrow

१३ छात्रा करणी गर्ने शिक्षकलाई दिइयो मृत्युदण्ड

८ जना गर्भवती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
rape-indonesia.PNG

काठमाडौं ।  इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयमा १३ छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसअघि यी शिक्षकलाई जन्मकैदको सजाय सुनाइएको थियो । जसको अभियोजन पक्षले विरोध गर्दै मृत्युदण्डको माग गरेको थियो ।

रोयटर्सका अनुसार शिक्षक ह्यारी विरावानको यस कुकृत्यपछि इन्डोनेसियामा धार्मिक बोर्डिङ स्कुलहरूको सुरक्षामाथि प्रश्न उठेकाको छ । बालबालिकालाई यस्ता विद्यालयमा कसरी सुरक्षित राख्ने भन्ने महसुस गरिएको छ ।

यसअघि शिक्षिका हेरी विरावानलाई बाण्डुङको नगर अदालतले फागुनमा जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि अभियोजन पक्षले यस मुद्दामा मृत्युदण्डको लागि अपिल गरे।

सोमबार बांडुग उच्च अदालतले यस विषयमा आफ्नो फैसला सुनाएको हो । अदालतको वेबसाइटमा जारी विज्ञप्तिमा ‘यस मुद्दामा दोषीलाई मृत्युदण्ड सुनाउँछौँ’ भनिएको छ  ।

हेरीका वकिलले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।  यसै क्रममा इन्डोनेसियाका बाल संरक्षण मन्त्रीले मृत्युदण्डको समर्थन गरेका छन् ।

तर मानवअधिकार आयोगले मृत्युदण्डको विरोध गरेको छ । आयोगले यो उचित नभएको बताएको छ ।

२०१६ देखि २०२१ को बीचमा हेरी वीरवानले १२ देखि १६ वर्षका छात्राहरूलाई यौन शोषण गरेका थिए। जसमध्ये ८ बालिका गर्भवती भएकी थिइन् । 

इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र मध्ये एक हो। त्यहाँ हजारौँ इस्लामिक बोर्डिङ स्कुलहरू र अन्य धार्मिक विद्यालयहरू छन्। जहाँ गरिब परिवारका बालबालिकालाई शिक्षा दिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ