arrow

पसल फोरेर चोरी गरी भागेका एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
rakesh.jpg

स्याङ्जा । स्याङ्जाको वालिङमा पसल फोरेर चोरी गरी भागेका एक युवक सिराहाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको गोलबजारका जनक भनिने राजेश कुमार दनुवार रहेका छन् ।

प्रहरीका अनुसार दनुवार चैत्र ८ गते राति वालिङको रामबाच्छास्थित अलइनवन हाउसबाट मोबाइलसहितका सामाग्री चोरी गरी भागेका थिए । 

उनले मोबाइल लगायत अन्य सामाग्री गरी चार लाख ९६ हजार ६५० रुपैयाँ बराबरको चोरी गरी भागेका थिए । दनुवारलाई वडा प्रहरी कार्यालयको सक्रियतामा पक्राउ गरी स्याङ्जा ल्याइएको प्रहरी प्रमुख एसपी राजीव बहादुर बस्नेतले जानकारी दिए ।

चारीको घटनापछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सक्रियता बढाएको र सीसी टिभी लगायतको सहयोगमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको बस्नेतले बताए । 

प्रहरीले दनुवारलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दनुवारलाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ ।

प्रहरीले दुवारको साथबाट विभिन्न कम्पनीका १५ थान मोबाइल, विभिन्न कम्पनीका हाते घडीहरू, स्पिकर, मनिटर, डाटा केवल, मोबाइल चार्जर, चाबीको कभर, हाते घडीको फिता (चेन) लगायतका सामाग्रीहरू बरामद गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ