arrow

बैंकिङ कसुरमा रविना र रामकृष्ण पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
Ramkrishna kamii.jpg
पक्राउ परेका रामकृष्ण कामी ।

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ३९ वर्षीय रामकृष्ण कार्मी र पोखरा-१३ मियाँपाटनकी ४० वर्षीया रविना खातुन पक्राउ परेकी छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकिङ कसुर मुद्दामा उनीहरुलाई पक्राउ गरेको हो । कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार कामी सात दिन कैद र सात लाख रुपैयाँ जरीबाना फैसला भएपछि फरार रहेका थिए । 

यसैगरी खातुन तीन दिन कैद र एक लाख आठ हजार रुपैयाँ जरीवाना फैसला हुँदादेखि फरार रहेकी थिइन् । 

कामीलाई आज र खानुतलाई आइतबार पक्राउ गरिएको डिएसपी तिवारीले जानकारी दिए ।

उनीहरु दुवैलाई फैसला कार्यान्वयनका लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ