- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सोसल मिडिया कम्पनी ट्वीटरको सबैभन्दा बढी सेयर किनेका विश्वकै धनाढ्य स्पेसएक्स एवं टेस्लाका सीईओ एलन मस्क अब, ट्विटरका निर्देशक समेत बनेका छन्।ट्विटरका वर्तमान सीईओ पराग अग्रवालले मस्कलाई ट्विटरको बार्ड मेम्बरमा स्वागत गर्दै क्लास द्धितय निर्देशकमा नियुक्त गर्न लागेको जानकारी दिएका हुन्।
I’m excited to share that we’re appointing @elonmusk to our board! Through conversations with Elon in recent weeks, it became clear to us that he would bring great value to our Board.
— Parag Agrawal (@paraga) April 5, 2022
केही दिनअघि मस्कले ट्विटरको ९.२ प्रतिशत अर्थाते २ अर्ब ९० करोड मूल्य बराबरको ७ करोड ३४ लाख ८६ हजार ९ सय ३८ कित्ता शेयर किनेका थिए। यससँगै ट्विटरको सबैभन्दा बढी सेयर भएका व्यक्ति नै मस्क बनेका छन्।
ट्विटरका सक्रिय प्रयोगकर्ता मस्कको ट्विटरमा ८० लाख भन्दा बढी फ्लोअर छन्। उनले ट्विटरमा स्वतन्त्र अभिव्यक्तीको बिषयमा तलमाथि भइरहेको भन्दै आपत्ति जनाएका थिए।
ट्विटरलाई सुधार गर्न आवश्यक रहेको ठान्दै मस्कले ट्विटरको धेरै सेयर किनेको ठानिएको छ । अब, बोर्डको सदस्य बनेसँगै मस्कले कम्पनीको १४.९ प्रतिशत भन्दा धेरै साधारण शेयर किन्न पाउने छैनन्।
ट्विटको नीति अनुसार नयाँ आएको मान्छेले बढी हक जमाउन नसकोस् भन्ने किसिमले स्थापना गरिएको द्धितीय श्रेणीको निर्देशक पद अहिले मस्कलाई मिलेको छ ।
ट्विटरका संस्थापक एवं पूर्व सीईओ ज्याक डोर्सीले पनि बोर्डमा मस्क आउँदा खुसी लागेको भन्दै मिलेर काम गर्न सहज हुने ट्प्पिणी गरेका छन् ।
I’m really happy Elon is joining the Twitter board! He cares deeply about our world and Twitter’s role in it.
Parag and Elon both lead with their hearts, and they will be an incredible team. https://t.co/T4rWEJFAes
— jack⚡️ (@jack) April 5, 2022