- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुरमा वडास्तरसम्म गठबन्धन गरेर निर्वाचनमा होमिने सत्तारुढ दलहरू बीचको सहमति प्रति असन्तुष्टि राख्दै पालिका तहहरू बाटै चर्को विरोध सुरु भएको छ ।
जिल्लामा गरिन लागेको गठबन्धन नसच्चिए कठोर निर्णय लिने भन्दै नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिले जिल्ला कार्य समितिलाई चेतावनी दिएको छ ।
पुनर्वासमा नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचनमा जान पाउन हक खोस्ने गरि हुने गठबन्धन स्वीकार्य नहुने नगर सचिव प्रवीण रावल द्वारा हस्ताक्षरित नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिले जिल्ला कार्य समितिलाई लेखेको पत्रमा भनिएको छ ।
पाँच वर्ष लगाएर नगरमा बनाइएको पार्टीको सङ्गठन ध्वस्त हुने गरि बनाइने गठबन्धन नेपाली कांग्रेस पुनर्वासले स्वीकार नगर्ने नगर सचिव रावलले बताए ।
बिहीबार नेपाली कांग्रेसको जिल्ला कार्य समितिलाई पत्र लेख्दै नगर कार्य समिति पुनर्वासले भनेको छ - बलजफती गठबन्धनको निर्णय लाद्न खोजे पुनर्वासमा अकल्पनीय कदम चाल्न नेपाली कांग्रेस पुनर्वासका कार्यकर्ता र मतदाता बाध्य हुने चेतावनी दिइएको छ ।
गठबन्धनको विरोधमा मङ्गलवार कार्यकर्ता भेलाको आयोजन गरि सशक्त विरोध गर्ने निर्णय गरेको कांग्रेस पुनर्वास नगर समितिले आफ्नो सङ्गठन बलियो हुँदाहुँदै पनि जिल्लाले जबरजस्ती लाद्न खोजेको गठबन्धनको कडा प्रतिकार गरिने जनाइएको छ ।
यसै गरि लालझाडीमा समेत नेपाली कांग्रेसले गठबन्धनको निर्णय सच्याइनु पर्ने नसच्याए कडा विरोध गरिने भन्दै बुधबार विज्ञप्ति जारी गरेको छ ।