arrow

खुलामञ्चमा गर्जे लिङदेनः देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार भयो  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
raprapa-election-2079.jpg

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।  

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् । 

गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । 

तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ