arrow

कांग्रेसलाई हार्ने छुट छैन : रामहरि खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
ramhari khatiwada.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशमा सधैं कांग्रेसको नीतिले जितेको बताएका छन । नेता खतिवडाले मुद्धा सधैं जित्ने तर चुनाव हार्ने छुट अब नहुने बताए । 

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिद्वारा प्रकाशित वार्षिक क्यालेन्डर विमोचन गर्दै नेता खतिवडाले सूचना दिने यन्त्र क्यालेन्डर मात्र नभई, देश र जनता अनि हाम्रो भविष्य जोडिएको साल भएको उल्लेख गरे । उनले २०७९ साल नेपालको ऐतिहासिक वर्ष कांग्रेसले नै बनाउने समय भएकाले जनतालाई महत्व बुझाउन सक्नुपर्नेमा जोड दिए । 

सबैलाई समेटने कांग्रेसले मात्र देश र जनताको भलो गर्न सक्ने उनको धारणा थियो । दुई तिहाईको दम्भ र ओलीको अहंकारले फसाएको देशलाई उतार्ने जिम्मा कांग्रेसलाई नै आएकाले मत माग्दासमेत ध्यान दिन काँगे्रस कार्यकर्तालाई निर्देशन दिए ।

साथै उनले चुनावमा मत नहाल्ने र चुप लागेर बस्ने कार्यकर्ता कांग्रेसी हुन नसक्ने भन्दै नेता खतिवडाले गठबन्धन बाध्यताका बीच भएको स्पष्ट पारे । उनले गठबन्धनकै नाममा नेतृत्वले कांग्रेसलाई पछाडि पार्ने छुट नभएको समेत बताए ।

पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश समितिका प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, नेपाली लेखक संघका कन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, महानगर समितिका उपसभापति भवसागर बराल,सचिव टुवराज बाँस्तोला लगायतले बोलेका थिए । 



नयाँ