arrow

लालबाबु श्रीमतीलाई उपाध्यक्ष बनाउने गृहकार्यमा, कांग्रेसले वीरगञ्ज नछोड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
Lalbabu-raut-cheif-minister.jpg
तस्बिर– फाइल

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले श्रीमतीलाई आफ्नो गाउँपालिकाको उपाध्यक्ष बनाउन खोजेपछि गत स्थानीय तहको निर्वाचनमा जगरनाथपुर गाउँपालिका जितेकी बीसमिला खातुनले पार्टी परित्याग गरेकी छिन् । 

जगरनाथपुर गाउँपालिकाका स्थायी बासिन्दा मुख्यमन्त्री राउत वीरगञ्ज महानगरपालिका वडा नं १३ मा बसोबास गर्दै आएका छन् । सो वडाका निवासी जसपा वीरगञ्ज महानगरका उपाध्यक्ष शेख रुस्तम पनि पार्टी परित्याग गरी नेपाली कांग्रसमा प्रवेश गरेपछि जसपाको हाल बेहाल भएको छ ।

वीरगञ्ज महानगरपालिकाभित्र यसअघि मुख्यमन्त्री राउतको पार्टीबाट निर्वाचित भएका मेयर विजयकुमार सरावगी जसपा छोडेर नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

गठबन्धनको बैठकमा वीरगञ्ज महानगर आफ्नो पार्टीले जितेको भनेर दाबी गर्दै आएको जसपा वर्तमान स्थितिमा पर्सामा अत्यन्त कमजोर अवस्थामा रहेको छ।

यस्तो परिवेशमा गठबन्धनको नाममा कांग्रेसले आफ्नो दावी छोड्नुको कुनै तुक नरहेको कांग्रेस पर्साका उपाध्यक्ष रामनारायण कुर्मीको भनाइ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ