- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकै धनाढ्य अर्बपति, स्पेसएक्स र टेस्लाका मालिक एलन मस्कले ट्विटरको समेत सबैभन्दा बढी ९.२ प्रतिशत शेयर किनेका छन् ।ट्विटरको सबैभन्दा बढी शेयरहोल्डर भएसँगै उनले प्लेटफर्मममा अनेकौं परिवर्तनका कुराहरु ल्याइरहेका छन् ।
आइतबार उनले ट्विटरमा हरियो टिक पाउन प्रतिमहिना ३ डलर तिर्नका लागि सबैले साइन अप गर्न समेत आग्रह गरेका छन् । तथापी उक्त ब्लुटिकमार्क पब्लिक फिगर र आधिकारीक अकाउन्टको ब्लुटिकमार्क भन्दा फरक हुनुपर्ने बताएका छन्।
सबैले ट्विटरको प्रतिमहिना ३ डलर तिर्नुपर्ने सेवाका लागि खाता खोलेमा ट्विटरले विज्ञापनका लागि ठूला कम्पनीहरुको छायामा पर्न नपर्ने बताएका छन् । यसबाट ट्विटर कसैको अधिनमा नरहने मस्कको भनाइ छ ।
अर्कातर्फ उनले ट्विटरको सान फ्रान्सिस्को स्थित मुख्यालयलाई घरबारविहीन आश्रयमा रूपान्तरण गर्ने हो कि यहाँ कोही (कर्मचारी) देखिँदैन भनेर समेत ट्विट गरेका छन् ।
यसबाहेक मस्कले ट्विटर (twitter)को डब्ल्यु (w) लेटर समेत हटाउने होकि भनेर पनि ट्विटरमा सर्वेक्षणत्मक पोस्ट गरेका छन् ।